Banner News

थप ५७४३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ४४ हजार नाघ्यो



काठमाडौँ, ५ कार्तिक । थप ५ हजार ७ सय ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २० हजार १ सय   १८ जनामा परिक्षण गर्दा ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २९ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९९ हजार ६ सय ५ जना रहेको छ । आज २६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेको छ ।