काठमाडौँ, ७ कार्तिक । कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
दाङको लमहीका एक ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । लमही नगरपालिका ५ का ती व्यक्तिको नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरको कोरोना युनिटमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार बेलुका मृत्यु भएको थियो । कोरोना संक्रमन पुष्टि भएपपछि उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए । उनी लामो समयदेखि उच्चरक्तचाप र मधुमेह रोगबाट पीडित थिए ।
त्यस्तै कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ वर्षीया महिलाको मृत्यु भएको छ ।सुनसरीको प्रतिष्ठानमा कार्यरत महिला कर्मचारीको मृत्यु भएको हो । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।










प्रतिक्रिया दिनुहोस्