राजनीति

आजदेखि क्लिनफिड लागु हुने



काठमाडौँ, ७ कार्तिक । आजदेखि सरकारले क्लिन फिड लागु गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ८ गते शनिबार मध्यरातिदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागु हुने बताएका छन ऐन प्रारम्भ भएको एक वर्षपछि त्यसको कार्यान्वयनमा आजदेखि हुन लागेको हो ।

विज्ञापन नियमिन गर्ने ऐन २०७६ बमोजिम विज्ञापनरहित (क्लिनफिड) लागु गरिएकाले त्यसमा सहयोग गर्न मन्त्री गुरुङले आव्हान समेत गरेका छन । विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले नेपालीमा डविङ गरी प्रशारण गर्न नपाउने व्यवस्था ऐनले गरेको छ ।