काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ४ करोड २४ लाख ६२ हजार ९७९ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ११ लाख ४८ हजार ६९८ जनाको मृत्यु भएको छ ।
हालसम्ममा भारतमा ७० लाख १३ हजार ५६९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५६ लाख ९८ हजार १५७ जना, ब्राजिलमा ४७ लाख ९७ हजार ८७२ जना, रसियामा ११ लाख १९ हजार २५१ जना र कम्बोडियामा ९ लाख १ हजार ६५२ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८७ लाख ४६ हजार ९५३ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म भारतमा ७८ लाख १३ हजार ६६८ जना, ब्राजिलमा ५३ लाख ५५ हजार ६५० जना, रसियामा १४ लाख ८० हजार ६४६ जना र स्पेनमा ११ लाख १० हजार ३७२ जनामा संक्रमण देखिएको छ ।
हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख २९ हजार २८४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५६ हजार ५२८ जना, भारतमा १ लाख १७ हजार ९९२ जना, मेक्सिकोमा ८७ हजार ८९४ जना र बेलायतमा ४४ हजार ५७१ जनाको मृत्यु भएको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्