काठमाडौँ, ९ कार्तिक । आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली हुने भएको छ । आज प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँको मौसम पनि बदली हुने सम्भावना रहेको र देशका अरु बाँकी ठाउँको भने मौसम सफा रहनेछ ।
दशैँमा पानी पार्ने प्रणाली विकसित हुने अवस्था नरहेको महाशाखाले जनाएको छ । दिउँसोको समयमा घाम लागेर गर्मी हुन थाले पनि बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।
आइतबार काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्