राजनीति

काठमाडौँ उपत्यकामा थप १५३५ जनामा कोरोना पुष्टि



काठमाडौँ, ९ कार्तिक । काठमाडौँ उपत्यकामा थप १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौँ जिल्लामा १२२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ गरी उपत्यकामा १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ५८ हजार ८९ जना पुगेको छ ।