राजनीति

आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर दशैं मनाऔं: सभापति देउवा



काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गर्नुभएको छ ।

विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गर्दै उहाँले कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिनुभएकोछ ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँदै आएको र बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।