समाचार

कारको ठक्करबाट एक जनाको मृत्यु



राजविराज, १२ कार्तिक । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काट्दै गरेका सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेतलाई ठक्कर दिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भाग्न खाजेको कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको प्रहरीले कार्यालय सप्तरीले जनाएको छ ।