काठमाडौँ, १२ कार्तिक । थप १९ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ८ हजार २ सय ४८ जनामा परिक्षण गर्दा १९ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ६ सय ४३ सय जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २९ सय ८१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २१ हजार ८ सय २४ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय ८७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्