समाचार

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु



काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।  योसंगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ४ जना पुगेको छ ।

त्यस्तै थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या  ३८ हजार ९ सय ५२ सय जना रहेको छ ।

आज ३ हजार ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २४  हजार ८ सय ६२ जना रहेको छ ।