राजनीति

कोरोना संक्रमणबाट अधिवक्ता सुदिप वस्तीको निधन



चितवन, १५ कार्तिक । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ ।

प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ बर्षको उमेरमा निधन भएको हो । भरतपुर १०, दुरसंचार रोड निवासी अधिवक्ता वस्ती काठमाडौँमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गरि रहनु भएको थियो ।

उपचारको क्रममा उहाँलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएको र उहाँको उपचारकै क्रममा मृत्यु भएको उहाँका भाई अधिवक्ता गजेन्द्र वस्तीले जानकारी दिनु भयो ।

नेपाल बार यसोसियसन चितवनका सदस्य समेत रहनु भएका वस्ती विभिन्न सामाजिक सस्थाहरुमा समेत आबद्ध हुनुहुन्थ्यो । उहाँको श्रीमती, १ छोरा र १ छोरी रहनु भएको छ