काठमाडौँ, १५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३५७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
थप २५ सय ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा २५ सय ८ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ जना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्