विचार/ब्लग

अकॄत्यं नैव कर्तव्य प्राणत्यागेऽपि संस्थिते । न च कॄत्यं परित्याज्यम् एष धर्म: सनातन: ।।



जुन कार्य गर्ने योग्य छैन बरु प्राण दिनु तर त्यस्तो कार्य कैले नगर्नु र जुन काम गर्नु आफ्नो कर्तव्य हो त्यो काम प्राण दिनु परेपनि गरेरै छोड्नु । यस्तै कर्तव्यपथमा लम्किरहनु भएका सूर्यविनायक नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाको जीवनसँग चरिथार्थ हुन पुग्दछ ।

सूर्यविनायक नगरपालिका अन्तर्गतको अत्यन्त महत्वपूर्ण समिती पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारीले गर्दा होस वा आफ्नै वडाबाशिको विकासको चाहना आकंक्षा पूरा गर्दा होस विभिन्न हन्डर ठक्कर खाएर पनि आफ्नो कर्तब्यपथमा अबिचलित रहदै जिम्मेवारी पूरा गरेरै छोड्ने एक जिम्मेवार जनप्रतिनिधिको रुपमा हामिले रबिन्द्र सापकोटालाइ देखिरहेको नै छौ भने उहाँ जस्तो उर्जाशिल भिजनरी नेतालाई जनताले उच्चस्तरको मुल्यांकन गरेका छन् । उहाँ निर्वाचित भएर आएसगै हाम्रो सिङ्गो नगरपालिकाले एेतिहासिक रुपमा मुहार त फेरेको छ नै साथै विभिन्न ठूला ठूला योजनाहरु मध्ये कतिपयले मुर्तरुप लिसकेका छन् भने कतिपयले लिदै छ्न नेता भएपछि स्वप्नशिल हुनुपर्छ बिना सपना मान्छेले केही गर्न सक्दैन । किनकी देखेको सपना नै साकार हुन्छन ।

नदेखेको सपनाको त आकार नै हुदैन कहाँ पूरा हुन्छ र यस्तै सपना देख्ने र सपनालाई ब्यवहारिकतामा उतार्दै आफ्नो जीवन राजनितिक भविष्य शुनिस्चित बनाउँदै तथा उदाउँदै गर्नु भएका रबिन्द्र सापकोटाले झन्डै ३ वर्षमा कैयौ उल्लेखनीय कार्यहरू गर्नु भएको छ । नगरको विकासका निम्ति उहाँले अपनाउनु भएका दीर्घकालीन रणनितिहरु निम्नानुसार छन्,

१. तिब्र दिगो र रोजगारमुलक आर्थिक वृद्धि हासिल हुने कार्यक्रम तर्जुमा गर्ने,
२. सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको शुनिस्चिता गर्ने,
३. उत्पादन र उत्पादकत्व अभिबृद्धी गर्ने,
४. मार्क्सवादी नीति अनुरुप गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
५. प्राकृतिक स्रोतको संरक्षण र परिचालन गर्ने,
६. सार्वजनिक सेवाको सुदृढीकरण र सामाजिक सन्तुलन कायम गर्दै राष्ट्रिय एकताको भाब पैदा गर्ने किसिमको कृयाकलाप आदि छन् भने भौतिक सामाजिक सास्कृतिक र धार्मिक विकासका कार्यहरु पर्यटकिय विकासका निम्ति गरिएका कार्य तथा प्रयासहरु यो सानो लेखमा अटाउन त सकिँदैन तर सूर्यविनायक नगरपालिकाको पनि दुर्गम वडाको उपमा पाएको बडा नम्बर ७ मा उहाँ निर्वाचित भएपछि उहाँको पहलमा गरिएका मुख्य कार्यहरु क्रमिकरुपले समेट्ने कोसिस चाहिँ गरेको छु ।

१. साघुरा तथा कच्ची सडक रहेको वडामा निर्वाचित भएपछी सडक बिस्तार र कालो पत्रे गरिएको
२. नागरिकलाई शुद्ध खानेपानी को लागि एक घर एक धारा अन्तर्गत ८० प्रतिसत घरमा धारा पुर्याएको
३. शिक्षा मा गुणस्तरीयता कायम गदै सामुदायिक बिद्यालयको स्तर माथी उठाउँदै समाजमा बढ्दो सामुदायिक बिधालय प्रतिको बितृस्णालाई न्यून गर्दै ७ जना बिद्यार्थी रहेका स्कुलमा २२५ जना बिद्यार्थी पुर्याउन सफल साथै स्कुलको भौतिक पुर्वाधारको विकास गरि पक्की भवन निर्माण गर्नु भएको,
४. स्वास्थमा सबैको पहुच सुनिश्चितता गर्दै गुणस्तरीय स्वास्थ सेवा वडाबाटै प्रदान गर्ने ब्यबस्था गर्दै हाल ल्याव सेवा समेत सन्चालनरत रहेको
५. प्रति जग्गा संरक्षण अभियान संन्चालन
६. खेल मैदान तथा फुटसल निर्माण सम्पन्न गरिएको
७. पार्टी पौवा मन्दिर ढुङ्गेधारा जस्ता एेतिहासिक पुरातात्विक सम्पदाको संरक्षण गरि जिवन्तता प्रदान गरिएको छ
८. सफा वडा स्वस्थ वडाबासी नारा अन्तर्गत पूर्ण सरसफाइ अभियान संन्चालन गरिएको
९. आमा समूह महिला समूह क्षमता विकास कार्यक्रम संन्चालन गर्दै जिवनस्तर उकास्न महत्वोपुर्ण कार्यक्रम सन्चालन गरिएको,
१०. जेष्ठ नागरिक विश्राम स्थल निर्माण सम्पन्न गरिएको छ,
११. बालबालिका हरु भविस्यको कर्णधार मात्र हैनन वर्तमानका हिस्सादार पनि हुन भनी बालसंरक्षण समिती मार्फत कार्यक्रम सञ्चालन गरिएको,
१२. अपांगता तथा फरक क्षमता भएकाहरुको समिती निर्माण गरि विविध कार्यक्रम सञ्चालन गरि सम्पन्न गरिएको छ यी यावत कार्यक्रमहरुले दिगो तथा दुरगामि प्रभाव पार्नुका साथै कुनै समय सूर्यविनायक नगरपालिका अन्तर्गतको दुर्गम वडाको रुपमा परिचित वडा ७ अहिले सबैजनाको वाहिवाही पाउन सफल भएको छ यस्तो दुरगामी सोच राख्दै कार्यन्बयन गर्न सक्ने वडाध्यक्ष ज्युलाई हार्दिक सम्मान ।

सन्दीप खनाल
लेखक उहाँको चुन्देबी एग्रोटेक प्रा लि कृषि फर्मको सन्चालक छन् ।