काठमाडौँ, १८ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै आज राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी पहाडी भू(भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका १र२ स्थानमा हल्का बर्षाको सम्भावना छ ।
यता काठमाडौँ उपत्यकामा भने अहिले हुस्सु लागेको छ । पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण आज उपत्यकामा हुस्सु लागेको महाशाखाले जनाएको छ ।
आज काठमाडौँको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम २६-२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्