अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सयले बढेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।