काठमाडौँ, १९ कार्तिक । आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल प्रदेश १ मा आँशिक बदली रहेको छ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।
यस्तै, राति देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
त्यस्तै काठमाडौँसहित केही पहाडी क्षेत्रमा बिहान लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना छ । तर निरन्तर घाम लाग्ने सम्भावना भने छैन । आज बिहान ६ बजेको काठमाण्डौ उपत्यकाको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्