शैक्षिक

काठमाडौंमा दावा लामा र पर्सामा निलम पटेलमाथि गोली प्रहार



काठमाडौं २९ चैत । काठमाडौंको गौरीघाट स्थित दिव्या पार्टी प्यालेसनजिक गोली लागेर एक घाइते भएका छन् । घाइते हुने काभ्रेका दावा लामा भएको प्रहरीले जनाएको छ ।

दुईवटा गोली लागेका लामालाई उपचारका लागि जोरपार्टी स्थित मेडिकल कलेजमा लगिएको बताएको छ । प्रहरीले यस घटनामा सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ

यसैगरी अपरिचित व्यक्तिले चलाएको गोली लागेर वीरगञ्जमा एक घाइते भएका छन् । वीरगन्ज उपमहानगरपालिका–१७ मा गोली चलेको र गोली लागेर पिपराकी निलम पटेलको दाहिने कन्चटमा गोली लागेको प्रहरीले जनाएको छ ।

उनलाई कसले किन गोली हानेको भन्ने खुलेको छैन । घाइते पटेलको वीरगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ बुझिएको छ ।