राजनीति

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष नरवणे, नेपाली सेनाद्वारा स्वागत



काठमाडौँ, १९ कार्तिक । भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका रथी प्रभुराम शर्माले स्वागत गरेका छन् । पत्‍नीसहित चार सदस्यीय टोलीसहित नरवणे सेनाको विशेष विमानबाट नेपाल आएका हुन् । समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी औपचारिक नेपाल भ्रमणमा आएका हुन् ।

उनको आज काठमाडौँमा कुनै औपचारिक कार्यक्रम छैन । भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिह्‍नसमेत लगाउने कार्यक्रम छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनको भेटघाटको कार्यतालिका छ ।