Banner News

हिजो ‘रअ’का सदस्यलाई भेट्न खुट्टा ढोग्दै जानेहरु आज विरोध गर्दैछन्ः उपप्रम पोखरेल



काठमाडौँ, १९ कार्तिक । उउप्रधानमन्त्री इश्वर पोखरेलले विगतका दिनमा ‘रअ’का सदस्यलाई भेट्नका लागि निवेदन दिएर खुट्टा ढोग्दै जानेहरुले अहिले विरोध गरेको आरोप लगाउनुभएको छ ।

प्राइम टेलिभिजमा अन्तरवार्ता दिँदै उहाँले वर्तमान सरकार कसैको गुलामी गर्दै बस्ने नभई मुलुक र मुलुकको हित तथा जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । पछिल्लो समय भारतीय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी ओलीले भेट गरी खोक्रो राष्ट्रवाद उदाङ्गो भएको भनि व्यापक आलोचना भइरहेको समयमा उपप्रधानमन्त्री पोखरेलले उक्त कुराको कडा रुपमा प्रतिवाद गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्धलाई थप बलियो तथा समस्या समाधानको लागि आफ्नो दुतको रुपमा प्रमुख गोयललाई पठाएको स्पष्ट पार्दै उपप्रधानमन्त्री पोखरेलले विगतमा रअका प्रमुख नभई सदस्यलाई समेत रातदिन नभनी ढोग्दै जानेहरुले आलोचना गरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हिजो ‘रअ’का सदस्यलाई समेत भेट गर्न निवेदन दिएर खुट्टा ढोग्दै जानेहरुले आज विरोध गरेका हुन् । जो अहिले अलोचना गरिरहेका छन् तिनिहरु ‘रअ’का तल्लो तहका मान्छेसँग भट्ने लुकि लुकि जाने गरेको थिए । विभिन्न समस्या समाधानको लागि समकक्षीले पठाएको दुतलाई भेट गर्न नहुने भन्ने कहाँ छ ? रिसिभ नगर्ने भन्ने पनि हुन्छ ?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल तथा प्रवत्ता नारायणकाजी श्रेष्ठलाई लक्षीत गर्दै ‘रअ’कै एजेण्टहरुले अहिले ‘के निउँ पाउँ कनिका विकाऔं’ भन्दै विरोध गरेको आक्रोस व्यक्त गर्नुभयो ।

पार्टी भित्रका नेतृत्वले प्रधानमन्त्रीसँग कुनै छलफल गर्नुपर्ने थियो भने खुल्ला रुपमा छलफल गरी अगाड बढ्नुपर्ने ठाउँमा पार्टीका नेतृत्वले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आलोचना गर्नु आफ्नै विगतका गतिविधि छर्लङ्ग पार्नुमात्र भएको उहाँले बताउनुभयो ।

सरकार कुटनैतिक सम्बन्ध स्थापना गर्न र राष्ट्र शिर उचो बनाउन दृढ रहेको उल्लेख गर्दै उहाँले राष्ट्रि र जनताको हितका लागि सरकारले कुनै पनि कमजोरी नगर्ने बताउनुभयो । रअ प्रमुखलाई आफुले कुनै होटलमा गई गुप चुप ढंगले गुलामी गर्दै भेट गर्नेहरु आफ्नो कमजोरीलाई छेक्न सरकारको विरोध गरेको बताउँदै उहाँले रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेट गर्दामा तरंगित हुनुन नपर्ने समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओली र गोयलबीच भएको वार्तामा आलोचना गर्नेहरु बकवास र पाखण्डहरु भएको उल्लेख गर्दै उहाँले परराष्ट्र मन्त्रालयलाई जानकारी भएर दुतावासको आयोजनामा विशेष विमानको माध्यमबाट आएकोले रातारात नभई कार्यक्रम नै बनाई आएको स्पष्ट पार्नुभयो ।

औपचारीक वार्ता तथा छलफलको माध्यबाट सीमा समस्या समाधान गर्ने कार्यको सुरु भएको जानकारी गराउँदै अब समान लेभलमा वार्ता र सम्वादको माध्यमबाट सीमा समस्या समाधान हुने बताउनुभयो । प्रमाण र तथ्यको आधारमा वार्ता हुने र समस्या समाधान हुनेमा हुन समेत आग्रह गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधान तथा आगामी दिनमा नेपाल भारतको सम्बन्ध अझ बढी सुमधुर बनाउन एक पछि अर्को गर्दै दुतको रुपमा नेपाल पठाईरहनुभएको समेत उहाँले दावी गर्नुभयो ।

सार्वभौमशत्ता सानो ठूलो नभई समान हुने भन्ने वर्तमान सरकारले स्थापीत गरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारकै कारण कुटनैतिक सम्बन्धमा नेपालले गर्वका साथ उभिन सफल भएको समेत बताउनुभयो । विगतमा नेपालले कुनै पनि कुराको लागि भारत धाउनुपर्ने थियो भने वर्तमान सरकारले त्यसलाई तोडी नेपालीको शिर उचो राख्न सफल भएको दावी गर्नुभयो ।