कावासोती, २० कार्तिक । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् ।
नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको गैंडाकोट नगरपालिका २ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्ग्म पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।
दुवैजनाको शव बुधबार साँझ करिब ७ बजेको समयमा गैंडाकोट ३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एकजनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो ।
दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । रासस










प्रतिक्रिया दिनुहोस्