पोखरा, २० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले कुनै पनि जिम्मेवार व्यक्तिले समाचारको शिर्षकमात्र हेरेर तातो प्रतिक्रिया दिनु नहुने बताउनुभएको छ ।
गुट र उपगुटकै कारणले एकले अर्कालाई खुइल्याउने कार्य बन्द गर्न आग्रह गर्दै सांसद पहारीले जिम्मेवार व्यक्तिले नेतृत्वलाई अनावश्यक आक्षेप लगाउनु पार्टी, सरकार तथा मुलुकको लागि दुर्भाग्य भएको बताउनुभयो ।
क्षणीक समयको चर्चा कमाउन भन्दा बास्तविकतामा जोड दिनुपर्ने उल्लेख गर्दै सांसद पहारीले क्षणीको चर्चा जनताले दुधको दुध पानीको पानी छुट्याउने बताउनुभयो । शिर्षक मात्र हेरेर आफ्नो धारणा प्रस्तुत गर्दा जनतामात्र नभई आफैसमेत भ्रममा पर्ने प्रकारका गतिविधि नगर्न आग्रह समेत गर्नुभयो ।
उहाँले आफ्नो समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेकपाका विद्वान, इमान्दार र निष्ठावान नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको अभिव्यक्ति भनेर चर्चामा आएको समाचारको शीर्षकमात्रै हेरेर बुझ्न खोज्दा भ्रममा पनि पर्न सकिन्छ । सम्बन्धित व्यक्तिको आधिकारिक धारणा बुझ्न सम्बन्धित व्यक्तिसँग पहुँचै भएका साथीहरूबाट तातो प्रतिक्रिया नआए हुने नि । धैर्य गर्दा पार्टी एकतालाई बल पुग्थ्यो कि । उत्तेजित नबनौं, पार्टी एकतामा जोड दिऔं । हतारमा प्रतिकृया दिने र फुर्सदमा पछुताउने काम नगरौं ।।’

‘नेकपा फुट्यो भने अध्यक्ष प्रचण्डका कारण फुट्छ’ भन्ने शिर्षकमा आएको समाचारलाई भित्री कुरा नपढी शिर्षकमात्र पढेर आलोचना गर्नु केही समय चर्चामा मात्र आउने बताउनुभयो । उक्त शिर्षकमा आएको समाचारमा केही गुटे तथा आलोचकले मुख्यमन्त्री गुरुङले बोलेको वास्तविकतालाई तोडमोड गरी जनतामा भ्रम छर्ने प्रकारको भएको उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्