काठमाडौँ, २० कार्तिक । कैलालीमा र चितवनमा एक / एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो । कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
त्यस्तै चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्