अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९७ हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९७ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।