काठमाडौँ, २३ कार्तिक । थप २८ सय १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११ नमुना परीक्षण गर्दा २८ सय १७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २८ सय १२ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ १ सय ८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्