काठमाडौँ, २३ कार्तिक । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । कोरोना पुष्टि भएपछि उनी काठमाडौँस्थित घरमै आइसोलेसनमा बसेका छन् ।
धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि धमलाले कोरोना परीक्षण गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्