अर्थ

आज पनि बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९७ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।