काठमाडौँ, २५ कार्तिक । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बर्दियाका दुईजना, दाङका एकजना र चितवन मेडिकल कलेजमा एक जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कार्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
यस्तै बर्दियाकै बाँसगढी नगरपालिका( ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति सवा ८ बजे उनको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्