विश्व

चीनमा ग्रामणी पर्यटनमा वृद्धि



चीन, २९ चैत । चीनमा गत वर्ष सन् २०१७ मा ग्रामिण पर्यटन पहिला भन्दा अझ बढी फस्टाएको पाइएको छ ।

ग्रामिण परिवेशको अनुभव लिन विदा मनाउने गरी गाउँतर्फ जान रुचि राख्नेको सङ्ख्या पढ्दै गइरहेको अधिकारीहरुले बताएका छन् ।

ग्रामिण पर्यटन फस्टाउदा गाउँको आर्थिकस्तर वृद्धि गर्दै गरिबी न्युनिकरण गर्न पनि सहयोग पुग्ने सरकारी पक्षको विश्वास छ ।

सन् २०१६ मा ग्रामिण पर्यटनबाट ८२ अर्व अमेरिकी डलर अर्थात् ५७० अर्व यन राजस्व सङ्कलन भएको छ ।

अघिल्ला वर्षहरुमा प्रायः झन्डै ४४० अर्व यन मात्रै राजस्व उठ्ने गरेको कृषि मन्त्रीले मङ्गलबार एक कार्यक्रममा जानकारी दिनुभयो ।

सन् २०१६ मा २ अर्व भन्दा बढी व्यक्तिले ग्रामिण क्षेत्रको पर्यटकीय यात्रा गरेका छन् । तिव्र गतिमा वृद्धि भएको ग्रामिण पर्यटनका कारण चीनमा झन्डै सात लाख गाउँलेले रोजगारी पनि पाएको कृषि मन्त्रालयको तथ्याङ्क छ ।

“फुर्सदको खेतीपाती र ग्रामिण पर्यटनले उच्चस्तरको अवसर सृजना गरिदिएको छ, यसको माग पनि बढ्दै गइरहेको छ, आम्दानीमा पनि वृद्धि भएको छ,” कृषि मन्त्री हान चाङफुले भन्नुभयो ।

उहाँले आर्थिक अवस्था राम्रो नभएका ग्रामिण क्षेत्रमा ग्रामीण पर्यटन उद्योग व्यवसाय चलाउन पनि आह्वान गर्नुभएको छ ।

राष्ट्रिय पर्यटन कार्यालयले ग्रामिण पर्यटन सम्बन्धी व्यापार व्यवसाय गर्न चाहनेका लागि आर्थिक सहयोग दिन दुई ओटा मुख्य बैंकहरुसँग गत महिना सम्झौता पनि गरेको छ ।

ग्रामीण पर्यटनले कृषकहरुको आर्थिक अवस्था सुधार गर्न र कृषि पेशालाई समेत थप मजबुद बनाउने कृषी मन्त्री हानले विश्वास व्यक्त गर्नुभएको छ । सिन्ह्वा