समाचार

१४ जना जुवाडे पक्राउ



लमजुङ, २६ कार्तिक । लमजुङमा १४ जना जुवाडेलाई प्रहरीले साढे एघार लाख रुपियाँसहित पक्राउ गरेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–१ सरेदीमा रहेको एक कृषि फर्मबाट तास खेलिरहेको अबस्थामा लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, सोही नगरपालिका– ९ बस्ने ५० वर्षीय रामबहादुर गुरुङ, सोही नगरपालिका– ७ को ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ र ६० वर्षीय कुलबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्नेमा सोही वडाको ४५ वर्षीय रामचन्द्र घर्ती, ३५ वर्षीय योगेन्द्र श्रेष्ठ, लमजुङको मध्यनेपाल– ३ बस्ने ३१ वर्षीय सन्देश थापा, तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, तनहुँकै भानु नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा र तनहुँकै ब्यास नगरपालिका– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी तथा गोरखा जिल्लाको गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षका नरेन्द्र तामाङ र आकाश तामाङ रहेका छन् । कास्की जिल्लाको रुपा गाउँपालिका– ७ बस्ने रामबावु भट्टराई रहेको प्रहरीले जनाएको छ ।

फर्मलाई प्रहरीले घेराबन्दी गरी जुवा तास खेल्ने निम्न स्थानमा फेला परेका जुवाडे मानिसहरूलाई नियन्त्रणमा लिई नियमानुसार खानतलासी गर्ने क्रममा जुवाको खालबाट नगद ११ लाख ४७ हजार ८४२ रुपियाँसहित सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३१५ पत्ति बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।