काठमाडौँ, २७ कार्तिक । नेपालमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको हो ।
त्यस्तै थप २४ घण्टामा देशभर १ हजार ९१३ संक्रमित थपिएका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।










प्रतिक्रिया दिनुहोस्