काठमाडौँ, २८ कार्तिक । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो २४ घण्टा ४ लाख ९० हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो ।
यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख ४८ हजार ६६१ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्