Banner News

थप २१११ जनामा कोरोना संक्रमण, ३५ सय ३७ जना डिस्चार्ज



काठमाडौँ, २८ कार्तिक । थप २१ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या  ७ सय २२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३५ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय २ जना पुगेको छ ।