Banner News

आजको नेकपा सचिवालय बैठक सम्पन्न, मंसिर ३ गते पुनः बस्ने



काठमाडौँ, २८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक सम्पन्न भएको हो । बैठकले आगामी मंसिर ३ गते १ बजे पुनः सचिवालयको बैठक वस्ने गरी स्थगीत भएको छ ।

आजको बैठकले कार्यसूची बनाएर अडागी बढ्ने समेत सहमति गरेको छ । जसमा पार्टीमा उत्पन्न समस्या, समाधानको उपाय तथा पार्टी एकतालाई जोगाई राख्ने विषय महत्वपूर्ण हुने बताइएको छ । त्यस्तै कर्णाली, पर्सालगायतका विवादको साथै कोरोनाले ल्याएको आर्थिक संकट, स्थायी कमिटीको निर्णय कार्यान्वयका विषयमा कार्यसूची राखिने छलफल हुने बताइएको छ ।

अध्यक्ष द्वय केपी ओली र पुष्प कमल दाहाल प्रचण्डले तयार पारेको पत्र सवै सचिवालयलाई अध्ययनको लागि वितरण गरिएको र आगामी वैठकमा सोही अनुसार अगाडी वढ्ने सहमति भएको छ ।