दाङ, १ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ९–९ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाले वर्तमान सरकारलाई फेरी मुलुकलाई अस्थिरताको बाटोमा धकेल्न खाजिरहेको आरोप लगाउनुभएको छ ।
दाङको तुल्सिपुरस्थित शान्ति पार्कमा स्थापना गरिएको शान्तिका अग्रदुत गौतम बुद्धको प्रतीमा उद्घाटन गर्दै मूख्यमन्त्री पोख्रेलले छिटो–छिटो सरकार फेरे केही पाइहालिन्छ कि भन्ने आशा गर्नेहरुले नै राजनीतिक अस्थिरता चाहेको दावी गर्नुभयो ।
उहाँले राजनीतिक स्थिरता र विकास अहिलेको आवश्यकता रहको पनि औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘९र९ महिनामा सरकार फेर्न बानी परेकालाई असह्य भएको छ, तर जनता राजनीतिक स्थायित्वको पक्षमा छन् । यो समयमा सरकार फेर्नु आवश्यक छैन, जनताको चाहना पनि होइन ।’
मन्त्री पोख्रेलले जनताको स्वास्थ्यप्रति सरकार गम्भिर र संवेदनशील रहेको भन्दै त्यसैका कारण महामारिबाट धेरैको ज्यान जोगाइएको बताउनुभयो । ‘दक्षिण एसियाका अन्य देशभन्दा नेपालको मृत्युदर कम छ, सरकारले कोरोनाविरुद्ध केही गरेन भनेर आलोचना गर्नेहरुलाई अन्य देशको तुलनामा यो मृत्युदर नै काफी छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।










प्रतिक्रिया दिनुहोस्