पर्सा, १ मंसिर । पर्सामा चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ को मितेरीपुल नजिकै वीरगञ्ज महानगरपालिका ३ को छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वडा नं. ५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।
नेपालबाट भारत जाँदै गरेका पैदल यात्रुहरुलाई जाँच गर्ने क्रममा प्रहरीले अभिषेकको साथबाट २ किलो ४४५ ग्राम र धिरजको साथबाट २ किलो ४४५ ग्राम चरेस बरामद गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्