काठमाडौँ, २ मंसिर । थप ५ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ७ सय ७५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ११२ नमुना परीक्षण गर्दा थप ५ सय २ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २८ सय ७८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ७९ हजार २ सय ४२ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय ४७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्