महोत्तरी, ३ मंसिर । महोत्तरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बिराटनगरबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल बोक्ने ट्याङ्करले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार सिन्धुली तीनपाटन गाउँपालिका १० का २६ वर्षीय आशालाल परियारको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका उनको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक २१ वर्षीय रितबहादुर परियार सकुशल छन्। उनी आशालालका भाइ हुन् ।










प्रतिक्रिया दिनुहोस्