समाचार

थप एक कोरोना संक्रमितको मृत्यु



बुटवल, ४ मंसिर । गुल्मीका थप एक संक्रमितको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।