काठमाडौँ, ५ मंसिर । थप १९ सय ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५३ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ । आज २२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय ९८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्