समाचार

आजको मौसम



काठमाडौँ, ७ मंसिर । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ । आज दिउँसो दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।