Banner News

थप १७९० जनामा कोरोना संक्रमण, २७ सय ९१ जना डिस्चार्ज



काठमाडौँ, ९ मंसिर । थप १७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख  २४ हजार  ७८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २७ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४ हजार ८ सय ५८ जना रहेको छ । आज २४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ६१ जना पुगेको छ ।