समाचार

आजको मौसम



काठमाडौँ, १० मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ र अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।

प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भू–भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै आज बिहान साढे ६ बजेको काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।