समाचार

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते



पाल्पा, १० मंसिर । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गत राति जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नम्वर-६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खस्ता एक जनाको घटनास्थल मै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–६ का १९ वर्षीय रमन भट्टराई हुन् । उनी त्यस ट्याक्टरका सहचालक थिए । घाइते हुनेहरुमा सोही स्थानका १६ वर्षीया रक्षा केसी, १५ वर्षीया सविक्षा केसी र १४ वर्षीय विकास रायमाझी रहेका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।