काठमाडौँ, १२ मंसिर । थप १७ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १२ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ सय ३५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्