विश्व

विश्वमा २४ घण्टामा ९ हजार ३१० कोरोना संक्रमितको मृत्यु



एजेन्सी, १३ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३१० कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख भए अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख २६ हजार १०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ४१ हजार १५७ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ५ लाख ३४ हजार ५२६ पुगेको छ ।