काठमाडौँ, १६ मंसिर । रुपन्देही, झापा र कपिलवस्तुका थप एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए ।
कोरोना संक्रमण पुष्टी भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी थिइन् । यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा ंसोमबार दिउँसो मृत्यु भएको डा. गौतमले बताए । उनी मधुमेहको दीर्घ रोगी थिइन् ।
त्यस्तै कोरोनाबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ । मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् ।
मंगलबार बिहान मृत्यु भएकी उनको शव नियमानुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्