काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको थियो ।
यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठकमा छलफल भएको हो ।
बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि बोलेको र भोली १ बजे बालुवाटारमा बस्नेगरी आजको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए ।










प्रतिक्रिया दिनुहोस्