भक्तपुर, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ३० वटा आयोजनाहरु छनौट गर्नुभएको छ ।
सरकारले प्रत्येक संघिय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र आयोजना सञ्चालन गर्न रु चार करोड बजेट व्यवस्थापन गरे अनुसार सांसद बस्नेतले जिल्लाको सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकामा ३० वटा आयोजनाहरु छनौट गर्नुभएको छ । जसमा १८ वटा सूर्यविनायकमा रहेका छन् भने १२ वटा मध्यपुर नगरपालिकामा रहेका छन् । सांसद बस्नेतले ४ करोडमा सूर्यविनायक तथा मध्यपुर नगरपालिकामा दुई दुई करोड बजेट छुट्याउनुभएको हो ।
नगरपालिकासँगको साझेदारीमा गरिने कार्यक्रम अन्तरगत सूर्यविनायक नगरपालिकामा जम्मा पाँच करोडको आयोजना सञ्चालन गरिने सांसद बस्नेतले जानकारी दिनुभयो । जसमा कोषबाट दुई करोेड र नगरपालिकाको तर्फबाट तीन करोड गरी जम्मा पाँच करोडको आयोजना सञ्चालन गरिने उहाँले बताउनुभयो ।
साझेदारी कार्यक्रम अन्तरगत सूर्यविनायक नगरपालिकामा सञ्चालन हुने आयोजनाहरु निम्नानुसार रहेका छन्,

त्यस्तै मध्यपुर थिमी नगरपालिकामा १२ वटा आयोजनाहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्नुभएको छ । मध्यपुरमा रु दुई करोडको बजेटमा १२ वटा आयोजनाहरु सञ्चालन हुने सांसद बस्नेतले जानकारी दिनुभयो ।
मध्यपुरमा सञ्चालन हुने १२ वटा आयोजनाहरु यस प्रकार रहेका छन्,

आयोजना कार्यान्वयन तथा अनुगमन समिति गठन गरी उहाँले स्थानीयगत रुपमा जिम्मेवारी दिनुभयो । जसमा सूर्यविनायक नगरपालिकाको संयोजकमा राजकुमार सिलवाल रहनुभएको छ भने सहसंयोजकमा अर्जुन खतिवडा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मनकराम थापा, विदुर खड्का र सहदेव न्यौपाने रहनुभएको छ ।
समितिका सदस्य मध्ये सूर्यविनायक नगरपालिकामा सञ्चालन हुने सि.नं. ३, ४, १५ र १६ नंबरमा उल्लेखित आयोजनाको जिम्मेवारी राजकुमार सिलवाल, सि.नं. ९, ११, १२ १७ को जिम्मेवारी अर्जुन खतिवडा, सि.नं. १०, १३, १४ र १८ को लागि मनकराम थापा, सि.नं. १, ५ र ८ को लागि विदुर खड्का र सि.नं. २, ६ र ७ को लागि सहदेव न्यौपानेलागि जिम्मेवारी दिनुभएको सांसद बस्नेतको स्वकीय सचिव दिनेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै मध्यपुर थिमी नगरपालिका अन्तरगत आयोजनाको लागि चन्दनकृष्ण श्रेष्ठको संयोजकत्वमा बालकृष्ण कात्या र सैलेन्द्र श्रेष्ठसहितको तीन सदस्यीय समिति गठन गर्नुभएको छ । जसमा वडा नं. १, २ र ३ मा चन्दनकृष्ण श्रेष्ठ, ४, ५ र ६ मा बालकृष्ण प्रात्या, ७, ८ र ९ मा बालकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिनुभएको स्वकीय सचिव थापाले जनाकारी दिनुभयो ।
योजना छनौट तथा विनियोजनका क्रममा जिल्ला समन्यवय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्