समाचार

आजको मौसम



काठमाडौँ, १८ मंसिर । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभरको मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो  लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । भने, प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राति लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ  ।