Banner News

कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन अर्थ मन्त्रालयको निर्देशन



काठमाडौँ, १८ मंसिर । कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ ।

अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

अर्थमन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’